free website hit counter

साल्ट ट्रेडिङ्गको ३५ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७४÷०७५ को लय पछ्याउँदै लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा पनि कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार