free website hit counter

सावधिक जीवन बीमामा नै छ आकर्षण

beemaadmin
२०८० असार १७, आईतवार

काठमाडौं । बीमकहरुले विभिन्न बीमा पोलिसीहरु बिक्री गर्दै आएका छन् । ग्राहकलाई आकर्षित गर्न विभिन्न सेवा सुविधासहित बीमा योजना ल्याउनेक्रम जारी छ । यसमध्ये बजारमा सबैभन्दा रुचाइएको मुनाफामा सरिक हुने बीमाले हो सावधिन जीवन बीमा । जसमा लामो अवधिको, वर्षैपिच्छे धन फिर्ता हुने, चार–पाँच वर्षको अवधिमा पैसा फिर्ता हुने त केही बीमा लेख बालबालिकाको चल्तीमा रहेको छ ।
जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका योजनाहरु मध्ये सावधिक जीवन बीमा योजना बीमितरुको आकर्षण कायमै रहेका छन् । चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको जेठसम्ममा सावधिक बीमा अन्तर्गत जीवन बीमा कम्पनीहरुले २० लाख १४ हजार १४७ वटा बीमालेख जारी गरी ४८ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँको ३८.८६ प्रतिशत हो । जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४ लाख ४१ हजार ५१७ वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरी २९ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो कुल बीमाशुल्कको २३.५५ प्रतिशत हो । जीवन बीमा कम्पनीहरुले जेठसम्ममा संकलन गरेको कुल बीमाशुल्कमा बालबच्चा सावधिक जीवन बीमा योजनाको १५.१० प्रतिशत, रुपान्तरित जीवन बीमाको १३.४२ प्रतिशत, आजीवन जीवन बीमाको ३.१५ प्रतिशत, बैदेशिक रोजगार म्यादी जीवन बीमा २.३८ प्रतिशत, लघु जीवन बीमाको १।७३ प्रतिशत र म्यादी जीवन बीमाको ०.९८ प्रतिशत योगदान रहेको छ । सबै भन्दा कम बीमाशुल्क भने एकल बीमाशुल्क जीवन बीमा योजनाबाट संकलन भएको छ । यस योजना अन्तर्गत जीवन बीमा कम्पनीहरुले ३१ हजार ८४३ वटा बीमालेख बिक्री गरी १ करोड ५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार