free website hit counter

सिटिजन्स कोसेली निक्षेप योजना यस्ता छन् विशेषता

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं। ग्राहकहरुलाई समय सापेक्षा सेवा सुविधासहितका कार्यक्रम ल्याइरहेको सिटिजन्स बैंकले ग्राहक महानुभावहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाता सञ्चालनमा ल्याएको छ ।

यस निक्षेप योजनाअन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement
Advertisement

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार