free website hit counter

सिटिजन्स बैंकको लाभांश घोषणा

beemaadmin
२०८१ आश्विन ८, मंगलवार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो । उक्त बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । विसं २०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १८ वर्ष देखी वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५–६६ देखी नै सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५–६६ देखि आर्थिक वर्ष २०८०र८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भन प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार