free website hit counter

सिटिजन् बैंकमा ब्याज खर्च बढ्यो, नाफा ३४ करोड ९१ लाख

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं। सिटिजन बैंकको नाफा घटेको छ । गत वर्षको पहिलो त्रैमाशको तुलनामा १८.५७ प्रतिशतले नाफा घटेको हो। बैंकले असोज मसान्तसम्ममा गत वर्ष ४१ करोड ८८ लाख रुपैयाँ नाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही समयमा ३४ करोड ९१ लाख रुपैयाँमा खुम्नि पुगेको हो । ब्याज खर्च उच्च हुँदा खुद व्याज आम्दानी ५.९५ प्रतिशतले खुम्चिएको छ। खुद व्याज आम्दानी ७० करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ।

गत वर्षको तुलनामा निक्षेप संकलन १९ प्रतिशतले सुधार हुँदा ऋण लगानी १८ प्रतिशतले बढेको छ। सर्वसाधारणबाट ७२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब ९३ करोड रुपैयाँ निक्षेप सुधार गर्दा ऋण लगानी भने चार अर्ब ६४ करोडले बढाएको छ।

ऋण लगानी विस्तार हुँदा पूँजीको अनुपात ३ प्रतिशत विन्दुले घटेर १२.६६ प्रतिशतमा झरेको छ। खराब कर्जा ०.२५ प्रतिशत विन्दुले सुधार गर्दै ०.९८ प्रतिशतमा झार्न सफल भएको छ। पूँजी बढे अनुसार नाफामा उल्लेख्य सुधार हुन नसक्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँले खुम्चिएर १६ रुपैयाँ कायम भएको छ। नाफा सुधार गर्न बैंकले गत वर्षको ४ प्रतिशतको स्प्रेडदर ४.१६ प्रतिशत पुर्याएको छ। व्याज खर्चमा अनुमान भन्दा केहि बढी खर्च भए पनि वासलातको समग्र बृद्धिले मुनाफामा सन्तोषजनक बृद्धि भएको बैंकले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार