free website hit counter

सिटिजन लाइफका बीमितहरुलाई सम्मान

beemaadmin
२०८२ भाद्र २, सोमबार

काठमाडौं । अग्रणी जीवन बीमक कम्पनी सिटिजन लाइफ इनस्योरेन्स थली शाखाकी एजेन्सी म्यानेजर सिमा दंगालले आफ्ना बीमितहरुलाई सम्मान गरेकी छन् । उनले एक कार्यक्रमको आयोजना गरी आफ्ना ६० जना बीमितहरुलाई सम्मान प्रदान गरेकी हुन् । सो कार्यक्रम साखुको क्षितिज जन जागृत आधारभुत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिटिजन लाइफका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र चिफ विजनेश अफिसर सुनिल पोख्रेल तथा ट्रेनिङ डिपार्टमेन्ट हेड कुवेर पाठकको उपस्थिती रहेको थियो । साथै, कार्यक्रममा साखु शंखरापुर वडा नं. ५ का वडा सचिव नुछे नकर्मी, जनजागरित स्कुलका अध्यक्ष चिरञ्जीवी रेग्मी र सिटिजन लाइफ थली शाखाका शाखा प्रमुख सुविन कुइँकेलको समेत सहभागिता रहेको थियो । बीमितहरुले आफ्नो बीमा गराई आफु र आफ्नो परिवारको जीवन रक्षा गरेको हुनाले र बीमितहरुलाई हौसला प्रदान गरी सबैलाई बीमा चेतना बढोस् भन्ने हेतुले एजेन्सी म्यानेजर दंगालले बीमितहरुलाई सम्मान गरेको बताइन् । सो कार्यक्रमपछि नेपाली नारीहरुको महान पर्व तीजको शुभकामना आदान प्रदान गरिएको दंगालले बताइन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार