free website hit counter

सिटिजन लाइफको नाफा १० करोड

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ करोड २६ लाख रुपैयाँ बढी हो।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४० करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ करोड १ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ करोड ७ लाख रुपैयाँ र बीमालेख धितोमा ६ करोड ७४ लाख रुपैयाँ लगानी गरी १७ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ।

Advertisement
Advertisement

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले निकट भविष्यमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ७५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा छ। आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड १ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

यस अवधिमा इन्स्योरेन्सले कूल १२ हजार ७९८ बीमालेख जारी गरी ८० करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। हाल इन्स्योरेन्समा एक लाख १३ हजार ४५३ बीमालेख कायम छ।

सम्बन्धित समाचार