free website hit counter

सिटिजन लाइफद्वारा विपद् राहत कोषमा १ करोड ५१ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १६, मंगलवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सिटिजन लाइफका सञ्चालक समिति अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

Advertisement
Advertisement

कम्पनीका अनुसार पछिल्लो समय आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।

Advertisement
Advertisement

विपद्को कठिन परिस्थितिमा **कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)**लाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपद् व्यवस्थापन अभियानमा सहकार्य गरिएको कम्पनीले जनाएको छ।

सिटिजन लाइफले आफ्नो सहयोगबाट विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका कामलाई अघि बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार