काठमाडौं । शाखासञ्जाल विस्तारको अभियानमा रहेको सिद्धार्थ बैंकले शहरमा मात्र होइन गाउँगाउँमा पनि आफ्नो शाखा पुर्याएको छ । सिद्धार्थ बैंकले सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ र त्यसैगरी बैंकले २०७६ पौष ९ गते दमकस्थित राजमार्ग शाखा र मोरङ अवस्थित पथरी शाखको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधान, कल्याणपुर शाखाको उद्घाटन खडग नगरपालिकाका उपमेयर यासमिंन सुल्तान, इनरूवा शाखाको उद्घाटन इनरूवा नगरपालिकाका मेयर राजन मेहता, महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, राजमार्ग शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईबाट संयुक्त रुपमा भएको थियो ।