free website hit counter

सुनको भाउमा फेरि नयाँ कीर्तिमान

beemaadmin
२०८० कार्तिक ३, शुक्रबार

काठमाण्डौ । नेपाली बजारमा आज फेरि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो। इजरायल–हमाल युद्धले अहिले विश्व बजारका लगानीकर्ताहरुलाई सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्। सुन सुरक्षित लगानी उपयुक्त विकल्प मानिन्छ। जसका कारण सुनको माग अहिले अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ। माग बढ्दा सुनको भाउ पनि उकालो लागिरहेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परिरहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार