free website hit counter

सुनको मुल्य बढ्नै पर्ने कारण के ?

beemaadmin
२०८१ भाद्र २९, शनिबार

काठमाडौं । सुनको भाउले एकपछि अर्को रेकर्ड कायम गर्दै अब सामान्य मानिसले सुन लाउने होइन हेर्ने धातु बन्दैछ । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोहि क्रममा, शुक्रबार सुन तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचाइमा पुगेको छ । साताको चोथो दिन, बुधबार रेकर्ड कायम गरेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । यसरी, नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताभरमा भने सुन ४ हजार २०० रूपैयाँले महंगिएको छ । आइतबार सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँ रहेको सुनको मुल्य सोमबार र मंगलबार बढेर प्रतितोला एक लाख ५२ हजार ४०० रूपैयाँ पुग्यो । तर, बुधबार भने सुनको मूल्य उच्च रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँ पुग्यो । त्यसपछि बिहिबार भने सुनको भाउ सामान्य घटेर तोलाको एक लाख ५३ हजार ३०० रूपैयाँमा झरेको थियो । यद्धपी सुनको मुल्यले शुक्रबार पुनः अर्को रेकर्ड कायम ग(यो । यस दिन सुन तोलाकै एक लाख ५६ हजार ३०० रूपैयाँको उचस्तरमा कारोबार भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार तोलाको ४,२०० रुपैयाँले बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताभीमा चाँदीको भाउ तोलामा ११० रूपैयाँले बढेको हो । आइतबार, चाँदी तोलाको एक हजार ७५० रुपैयाँ रहेको मुल्य शुक्रबार प्रतितोला एक हजार ८६० रुपैयाँ कायम भयो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावका कारण सुनको भाउ बढिरहेको छ । सुनको भाउ बढ्नुको अर्को कारण कच्चा तेलको मुल्यमा भएको वृद्धि तथा डलरको विनिमय दरमा देखिएको स्थिरता पनि रहेका छन् । सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो ट्रेण्ड लगायतका कारणले पनि सुनको मुल्य बढ्न सघाएको बिश्लेषकहरुको भनाई छ । विश्व बजारमा पनि शुक्रबार सुनको भाउ वृद्धि भएको छ । यस दिन, सुन प्रति अउन्स २ हजार ५६७ डलर बराबरमा कारोबार भएको हो । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य प्रति अउन्स ३० डलरमा खरिदबिक्री भयो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार