free website hit counter

सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

beemaadmin
२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं । एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै सुनको मूल्यले ऐतिहासिक मूल्य बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार कायम उक्त मूल्यलाई ब्रेक गर्दै सुनको हालसम्मकै उच्च मूल्यमा पुगेको हो । त्यसभन्दा पहिले गत मंगलबार प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार