free website hit counter

सुनको मूल्यमा गिरावट

beemaadmin
२०८२ चैत्र १२, बिहीबार

काठमाडौं । चैत १२ गते बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार