free website hit counter

सुनको मूल्यमा भारि गिरावट

beemaadmin
२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं । असोज २४ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँ गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो नै हालसम्मको उच्च मूल्य हो । सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको थियो । यस दिन चाँदीको मूल्यले भने तोलामा ६० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार