free website hit counter

सुनको मूल्यमा सधैं रेकर्ड

beemaadmin
२०८१ बैशाख ४, मंगलवार

काठमाडौं । सुनको मूल्यमा एकपछि अर्को ऐतिहासिक रेकर्ड कायम भएको छ । मंगलबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबारको बजारमा चाँदी एक हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार तोलाको एक हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।अहिले भइरहेको इरान र इजरायल बिचको युद्ध र डलरको भाउ बढेका कारण यस दिन सुनको मूल्य उच्च रुपमा बढेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार