free website hit counter

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड

beemaadmin
२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं । जेठ १८ गते, शुक्रबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको हो । यसभन्दा अघि जेठ ७ गते सोमबार एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइ रेकर्ड बनाएको थियो। आज सोही रेकर्डलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भईरहेकोछ । त्यसैगरी, तेजावी सुन एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । बिहीबार चाँदीको मूल्य एक हजार ९०० रुपैयाँ कायम थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार