free website hit counter

सुनको मूल्य ऐतिहासिक उचाइमा

beemaadmin
२०८१ चैत्र २१, बिहीबार

काठमाडौं । चैत २१ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, हिजो अर्थात बुधबार घटेको थियो। तर यस दिन पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार