काठमाडौं । जेठ १४ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।