काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३८ सय र चाँदी प्रतितोला ३१० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ हजार ७२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।