free website hit counter

सुन हालसम्मकै महँगो, ३००० रुपैयाँ एकै दिनमा बढ्यो

beemaadmin
२०८१ भाद्र २८, शुक्रबार

काठमाडौैं । भदौ २८ गते, शुक्रबार, सुनको भाउ हालसम्मकै महँगो भएको छ। यस दिन सुन तोलामा ३००० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो सुनको हालसम्मकै उच्च मूल्य हो। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार