free website hit counter

सूर्यज्योतिको संचालक समिति अध्यक्षमा भट्टराई

beemaadmin
२०७९ पुष ११, सोमबार

काठमाडौं । पुस ७ गतेबाट एकीकृत कारोबार शुरु गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिका संचालक समितिका अध्यक्ष भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने निर्णय भएको हो । भट्टराईलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । तत्पश्चात् पुष ७ गते अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार