free website hit counter

सूर्य ज्योति लाइफ मर्जरको एक वर्ष पूरा

beemaadmin
२०८० पुष ८, आईतवार

काठमाडौँ। जीवन बीमा कम्पनीहरूमध्ये पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ। सूर्य ज्योति लाइफले मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रूपमा उभ्याउन सफल भएको छ। एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिष्कृत बीमा योजनाहरू र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ। मर्जरपछि चुक्ता पुँजी ४अर्ब ५४ करोड रुपैयाँ पुर्‍याएको यो कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा सूर्य ज्योतिको जीवन बीमा कोष झन्डै ८अर्ब रुपैयाँले बढेर ३०अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ।कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ। चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्य ज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमादाबी भुक्तानी गरेको छ। देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बिमितहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको छ। जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठुलो रोजगारदाता जीवन बीमकका रूपमा समेत उभिएको छ। कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् देशैभरि करिब ९४ हजार अभिकर्ता सूर्य ज्योति लाइफमा आबद्ध छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार