free website hit counter

सेनाले दियो सशस्त्रलाई ६ सय राइफल

beemaadmin
२०७७ श्रावण १४, बुधबार

काठमाडौं । सीमा सुरक्षामा केन्द्रीत बनेको सशस्त्र प्रहरी बलले थप दरबन्दी माग गरे पनि पाएको छैन । आवश्यक जनशक्तिको अभावमा सीमा क्षेत्रमा हुने अपराध मात्रै होइन भारतीय पक्षको सीमा अक्रिमण रोक्ने दायित्व समेत अहिले सशस्त्र प्रहरीकै काँधमा छ ।

 

Advertisement
Advertisement

यही बेला नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६०० नाल इन्सास राइफल हस्तान्तरण गरेको छ। सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले सशस्त्र प्रहरी बलको क्षमता वृद्धिका लागि सेनाले राइफलसँगै अन्य सामग्री सहयोग गरेको बताएका छन्। सीमा सुरक्षामा केन्द्रीत भएको सशस्त्रलाई अझ चुस्त बनाउने उद्देश्यले सो हतियार प्रदान गरिएको बताइएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार