free website hit counter

सोल्टीमा निःशुल्क डिनर दिने एनआइसीको अफर

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । प्रेमीहरुको पर्व भ्यालेन्टाइनको अवसरमा विभिन्न अफरहरु सार्वजनिक भइरहेको बेला एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर सार्वजनिक गरेको छ ।

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “मोबैंक” कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।

Advertisement
Advertisement

यस बैंकको मोबाईल बैंकिङ्ग एपमोबैंकमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टपअपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन ।

Advertisement
Advertisement

यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ ।

सम्बन्धित समाचार