free website hit counter

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८१ आश्विन १३, आईतवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश रहेको छ। असोज १२ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभा।श वितरण गरिनेछ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार