free website hit counter

स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण

beemaadmin
२०७६ पुष १२, शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल अर्वुदरोग निवारण संस्थाका पदाधिकारीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भेटघाट गर्दै मन्त्री ढकालले उक्त कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रको विकास र सुधार आफ्नो प्राथमिकतामा रहेका कारण सबैसँग मिलेर अघि बढ्ने बताउनुभएको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर), महासचिव विमल होडालगायतका पदाधिकारीले मन्त्री ढकालसमक्ष भेटघाट गरेका थिए । प्रतिनिधिमण्डलले संस्थाले हालसम्म गरेका गतिविधि, संस्थाको आसन्न अधिवेशन, भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्था र समस्याका समाधानका लागि मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा मन्त्री ढकाललाई जानकारी गराएको थियो ।

सम्बन्धित समाचार