free website hit counter

स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा, पीसीआर रिपोर्ट आउन बाँकी

beemaadmin
२०७७ जेष्ठ १३, मंगलवार

काठमाडौं । देशैभर संक्रमणको जोखिम बढेको बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन्। मन्त्रालय स्रोतका अनुसार बिहीबारदेखि मन्त्री ढकाल मन्त्रालय आएका छैनन्। मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। ती महिलामा कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै मन्त्री ढकाल क्वारेन्टाइनमा गएको मन्त्रालयका अधिकारीहरूले बताए। ती महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो।
मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरिएको छ। र, बेलुकासम्म रिपोर्ट आएपछि त्यही आधारमा मन्त्रीको आगामी सेडुल तय हुने अधिकारीहरूले बताए। त्यस अगाडि सरुवा रोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पिसिआर परीक्षण गरिएको थियो।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार