free website hit counter

स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनु : स्वास्थ्य बीमा बोर्ड

beemaadmin
२०७९ असार १०, शुक्रबार

काठमाडौं । बीमा बापतको रकम भुक्तानी नपाएको भन्दै धमाधम स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेपछि स्वास्थ्य बीमा बोर्डले बाँकी रहेको सबै भुक्तानी हुने भन्दै बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जनशक्ति अभावका कारण चालु आर्थिक वर्षको जेठ १५ सम्म १८ लाख ५१ हजार ९ सय ३५ वटा दावीलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको विज्ञप्तिमार्फत् बताएका छन् । उनले आगामी आर्थिक वर्षमा वैज्ञानिक परीक्षण प्रणाली अपनाएर बिमाको भुक्तानीलाई सहज बनाउने समेत जनाएका छन् ।
बोर्ड आर्थिक वर्ष ०७८–०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका र चालु आर्थिक वर्षका ३३ लाख ७५ हजार ८३७ गरी ५२ लाख ८४ हजार ८ सय ८ सय ९१ संख्याका दावी परीक्षण गरेर ८ अर्ब १३ करोड भुक्तानी गरेको जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत सरकारले प्रति परिवार ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार