free website hit counter

हिमालयन एभरेष्टले अभिकर्ता तालिम संचालन गर्ने

beemaadmin
२०८० असार ३, आईतवार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार १२ गतेदेखि १४ गतेसम्म भर्चुअल (जुम मिडिया) माध्यमबाट बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ बीमा अभिकर्ता तालिम प्रदान गर्न लागेको बताएको छ । उक्त तालिम कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ काठमाडौंबाट संचालन हुने कम्पनीले जानकारी दिएको छ । उक्त तालिम विहान ९ः३० देखि दिउँसो ४ः३० बजेसम्म संचालन हुनेछ । क्त तालिममा सहभागि हुनको लागि एसएलसी परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले बताएको छ । तालिममा ५० जनालाई सहभागी गराइनेछ । पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । उक्त तालिमपछि परीक्षा भने असार १४ गते दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्म हुनेछ । अभिकर्ता तालिम दिन इच्छुकहरुले असार ११ गते कार्यालय समयभित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

सम्बन्धित समाचार