free website hit counter

हिमालयन एभरेष्ट र मेटलाइफलाई इन्स्योरेन्स एसिया अवार्ड

beemaadmin
२०८२ असार २६, बिहीबार

काठमाडौं । इन्स्योरेन्स एसिया अवार्डको दसौँ संस्करणमा नेपालका तर्फबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले उपाधि हात पार्न सफल भएका छन्। सिंगापुरमा मंगलबार सम्पन्न कार्यक्रममा हिमालयन एभरेष्टले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इयर’ र ‘इन्स्योरेन्स प्रोडक्ट इन्नोभेसन अफ दि इयर’ अवार्ड हात पार्न सफल भएको हो। मेटलाइफ नेपालले भने ‘सोसल मिडिया इनिसिएटिभ अफ दि इयर’ अवार्ड हात पारेको छ। नेपालबाट इन्स्योरेन्स एसिया अवार्ड हात पार्ने यी दुई बीमकमात्रै हुन्। बीमकको नेतृत्व, नवीनता र विशेषज्ञतालाई मान्यता दिँदै विभिन्न विधा दर्जनौँ बीमा कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ। कार्यक्रममा २०० जनाभन्दा बढी बीमा कम्पनीका नेतृत्वहरुको सहभागिता थियो। यो प्रतिष्ठित पुरस्कार कार्यक्रमले दाबी पहल, उत्पादन नवप्रवर्तन, ग्राहक सेवा, डिजिटल रुपान्तरण, आदिमा उत्कृष्टताको उदाहरण दिने संस्थाहरुका लागि एक प्रमुख प्लेटफर्मका रुपमा काम गर्दछ। यसले एशिया प्रशान्त क्षेत्रमा सीमा पार गर्ने र अर्थपूर्ण परिवर्तन ल्याउने फर्महरु र नेतृत्वहरुको उजागर गर्दछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार