free website hit counter

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरको अन्तिम स्वीकृति

beemaadmin
२०७९ असार ११, शनिबार

काठमाण्डौ । चुक्ता पुँजी वृद्धिको निर्णयसँगै बीमा कम्पनीहरु एक आपसमा गाभिन थालेका छन् । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ। बीमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिएको हो। यी दुवै बीमा कम्पनीले मर्जर प्रक्रिया टुंग्याएर साउनबाट एकीकृत कारोबार सुरु गर्न भनिएको पनि पौडेलले जानकारी दिए।
यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। हिमालयन जनरल र एभरेष्टबीच बिहीबार १ः१ सेयर स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ। पुँजीवृद्धि योजनाअन्तर्गत यी दुवै कम्पनी मर्जरमा जान लागेका हुन्।
बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ। हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँमात्रै चुक्तापुँजी रहेको छ। मर्जर भएपछि पनि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ। अहिले हिमालयन जनरलको चुक्तापुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ। चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ। मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहनेछ। मर्जर प्रयोजनाका लागि यी दुवै कम्पनीको सेयर कारोबार गत वैशाख २३ गतेबाट रोक्का रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार