free website hit counter

हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा

beemaadmin
२०८२ आश्विन २८, मंगलवार

काठमाडौं । आन्दोलनरत अभिकर्ताहरुको माग सम्बोधन गर्न नसक्ने अवस्था भएपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन्। उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन्। केही समय अगाडिदेखि हिमालयन लाइफका अभिकर्ताहरुले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्।

 

निमित्त सीईओको जिम्मेवारी दाहाललाई
जीवन बीमा कम्पनी हिमालयन लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत निमित्त सीईओको जिम्मेवारी कपिलकुमार दाहालले पाएका छन्। सीईओ पदबाट मनोजकुमार लाल कर्णले सोमबार राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गर्दै दाहाललाई मंगलबारदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार