free website hit counter

हिमालय एयरलाइन्सले तिर्यो २१ करोड

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं। हिमालय एयरलाइन्सको सेयर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले किनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ करोड बक्यौता तिरेको छ। कम्पनीको ४९ प्रतिशत सेयर तिब्बत एभिएसनले केही महिना अघि किनेको थियो। तिब्बत एयरलाइन्सको सेयर उसले किनेको हो। हिमालयमा यति वर्ल्ड इन्भेष्टमेन्टको ५१ प्रतिशत सेयर छ। कम्पनीले २५ करोड रुपैयाँ विमानस्थलको विभिन्न शुल्क बुझाउन बाँकी थियो।  कम्पनीले चार करोड रुपैयाँ जुन  भित्र बुझाउने प्रतिबद्धता सहितको पत्राचार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वित्तीय निर्देशक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

असारसम्म हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्क वापत २५ करोड रुपैयाँ वक्यौता बुझाउन थियो। कम्पनीले हालसम्म २१ करोड रुपैयाँ बुझाइसकेको छ। बाँकी रकम चार महिनाको अवधिमा बुझाउने बताइएको छ । पाँच वर्ष अगाडि स्थापना भएको हिमालयले तीनवटा एयरबस ३२०÷२१४ जहाजमार्फत आबुधाबी, ढाका, दोहा, बेइजिङ, क्वालालाम्पुर, चोङचीङ लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित र चार्टर उडान गर्दै आएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार