free website hit counter

ह्याण्ड स्यानिटाइजरमा भेटियो विष (सूचनासहित)

beemaadmin
२०७७ भाद्र २७, शनिबार

काठमाडौँ । पैसा कमाउने र छिटो धनी हुने नाममा मान्छे जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने अवस्थामा पुगेका छन् । विश्व महामारी कोरोनाले सबैलाई आतंकित बनाइरहेको बेला कोरोना संक्रमण फैलिनबाट रोक्ने विश्वास गरिएको स्यानिटाइजरमा समेत मानिसको स्वास्थ्यलाई घातक विष प्रयोग गरिएको पाइएको छ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ ।

बजारमा पाइने ह्याण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रिको एडभान्स्ड ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्ट्सको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

बजारमा उपलब्ध स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डीडीएले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ । यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न पनि डीडीएले आग्रह गरेको छ । यस्तो गम्भीर त्रुटि गर्ने उत्पादकहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने डिडीएका महानिर्देशक नारायण ढकालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार