काठमाडौं । कुनै पनि शुभ कार्यका बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गरगहनालगायतका जिन्सी सामानहरु दिने प्रचलन भन्दा बिमा पोलिसीको उपहारले धेरै समयसम्म याद दिलाउने भएपछि यो प्रचलन बढेको हो । यसैक्रममा इलामको माइनगर पालिका वडा ६ का बुबा–आमाले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् । बुबा टारजन चेम्जोङ र आमा कविता चेम्जोङले छोरा हनोक चेम्जोङलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रवि उप शाखा पाँचथरबाट बीमा पोलिसी दिएका हुन् । छोरालाई बुबा आमाले १० लाख बीमाङकको बाल समृद्धि जीवन बीमा पोलिसी उपहार दिएका हुन् । सोही जन्मदिनको अवसरमा कम्पनीका उप शाखा प्रमुख नवराज बुढाथोकी अभिकर्ता अनिस सुनुवार, मंगेश राई र एलिशा राईको उपस्थितीमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुदै गएकोले अनावस्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिमको महत्व बारे जनचासो बड्दै गएकाले बिबाह न्वारान, एनिभर्सरि जन्मदिनमा बीमा पोलिसी उपहारको रुपमा दिन थालेको उप शाखा प्रमुख नवराज बुढाथोकीले बताए ।