free website hit counter

११ महिनामा कुन बैंकको नाफा कति ?

beemaadmin
२०८२ असार २९, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा २० वाणिज्य बैंक छन् । गत आवको पहिलो ११ महिनामा उनीहरुको खुद नाफा ५६ अर्ब ७९ करोड ४० लाख रुपियाँ थियो । चालु आवको ११ महिनामा भने ५३ अर्ब ९७ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएका छन् । गत आवभर भने वाणिज्य बैंकहरुको कुल खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपियाँ थियो ।समीक्षा अवधीमा नाफा कमाउने बैंकहरुमा नविल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिल बैंकले ११ महिनामा ६ अर्ब ४० करोड ८३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यसैगरी नाफा कमाउनेको दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब तीन करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख रुपियाँ खुद नाफा कमाएर तेस्रो स्थानमा रहन सफल भएको छ भने चार अर्ब २४ करोड छ लाख रुपियाँ नाफा कमाएर एभरेष्ट बैंक चौथो नम्बरमा रहेको छ ।
यस्तो छ नाफाको अवस्था
नेपाल बैंकले तीन अर्ब सात करोड पााँच लाख रुपियाँ, एनएमबी बैंकले तीन अर्ब तीन करोड ११ लाख रुपियाँ, प्राइम कर्मशियल बैंकले दुई अर्ब ९० करोड ५० लाख रुपियाँ, स्ट्यान्र्डड चार्टर्ड बैंकले दुई अर्ब ७२ करोड ६२ लाख रुपियाँ, लक्ष्मी सनराइज बैंकले दुई अर्ब ५७ करोड ९२ लाख रुपियाँ, प्रभु बैंकले दुई अर्ब ३१ करोड २० लाख रुपियाँ र सिद्धार्थ बैंकले दुई अर्ब २१ करोड ८१ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २० करोड ६४ लाख रुपियाँ, सानिमा बैंकले दुई अर्ब १५ करोड ५६ लाख रुपियाँ, कृषि विकास बैंकले एक अर्ब ८१ करोड ९३ लाख रुपियाँ, नेपाल एसबीआई बैंकले एक अर्ब ५४ करोड ९२ लाख रुपियाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ५० करोड ९२ लाख रुपियाँ, सिटीजन्स बैंकले एक अर्ब ४१ करोड १४ लाख रुपियाँ, हिमालयन बैंकले ९० करोड ५३ लाख रुपियाँ, एनआईसी एसिया बैंकले ८२ करोड ९७ लाख रुपियाँ र कुमारी बैंकले ३७ करोड १० लाख रुपियाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधीमा विकास बैंकहरुले पाँच अर्ब ४६ करोड ९० लाख रुपियाँ र वित्त कम्पनीले ८० करोड ६० लाख रुपियाँ नाफा कमाएका छन् । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कुल खुद नाफा ६० अर्ब २४ करोड ९० लाख रुपियाँ रहेको छ ।

वाणिज्य बैंकहरुको नाफा
नविल – छ अर्ब ४० करोड ८३ लाख
ग्लोबल आईएमई – छ अर्ब तीन करोड ६४ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा – पाँच अर्ब ६८ करोड ८१ लाख
एभरेष्ट – चार अर्ब २४ करोड ६ लाख
नेपाल बैंक – तीन अर्ब सात करोड पाँच लाख
एनएमबी – तीन अर्ब तीन करोड ११ लाख
प्राइम कर्मशियल – दुई अर्ब ९० करोड ५० लाख
स्ट्यान्र्डड चार्टर्ड – दुई अर्ब ७२ करोड ६२ लाख
लक्ष्मी सनराइज – दुई अर्ब ५७ करोड ९२ लाख
प्रभु – दुई अर्ब ३१ करोड २० लाख
सिद्धार्थ – दुई अर्ब २१ करोड ८१ लाख
राष्ट्रिय वाणिज्य – दुई अर्ब २० करोड ६४ लाख
सानिमा – दुई अर्ब १५ करोड ५६ लाख
कृषि विकास – एक अर्ब ८१ करोड ९३ लाख
नेपाल एसबीआई – एक अर्ब ५४ करोड ९२ लाख
माछापुच्छ्रे – एक अर्ब ५० करोड ९२ लाख
सिटीजन्स – एक अर्ब ४१ करोड १४ लाख
हिमालयन – ९० करोड ५३ लाख
एनआईसी एसिया – ८२ करोड ९७ लाख
कुमारी – ३७ करोड १० लाख

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार