free website hit counter

२० लाख मानिस कोरोनासँग हारे

beemaadmin
२०७७ माघ ३, शनिबार

एजेन्सी । विज्ञानलाई एक वर्षदेखि चुनौती दिएको कोरोना भाइरस संक्रमणबाट हालसम्म २० लाख भन्दा बढीको मृत्यु भएको छ ।

एक वर्षअघि चीनको युहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट २० लाख ९ हजार २१७ मानिसको मृत्यु भएको जोन् हप्कीन्स् यूनिभर्सिटिले जनाएको छ । विश्वभर ९ करोड ३८ लाख ५० हजार ६३७ मानिस संक्रमित भएका छन् ।

अमेरिका र यूरोप सबैभन्दा बढी कोरोना महामारीबाट प्रभावित भएको छ । यूरोपमा मात्रै ६ लाख ५० हजार संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ५ लाख ४२ हजार ४१० जना मानिस संक्रमित भएका छन् ।

विश्वका केही देशहरुमा कोरोना विरुद्धको खोप अभियान सुरु भइसकेको छ ।

सम्बन्धित समाचार