काठमाडौं । स्थापनाको २४औं वर्ष सफलतापूर्वक पार गरी प्रभु इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रभु इन्स्योरेन्सले ग्राहकको सेवा सुविधा र प्रविधिको प्रयोगललाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।
सो अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ ।
कम्पनीले आगामी दिनमा सबै साथ सपोर्ट र हौसलाको अपेक्षा गरेको छ । कम्पनीले अझ सरल, छिटो र छरितो, आधुनिक सेवा प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।