free website hit counter

५० प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा

beemaadmin
२०७८ माघ १६, आईतवार

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५०.५० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा भने ४१.५७ प्रतिशतले घटेर ३ करोड ८१ लाख रुपैयाँ सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड ५२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ९ करोड ८६ लाख रुपैयाँमा सीमित थियो। चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले २ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ८८ करोड रुपैयाँ सापटी लिई २ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार २७.०५ प्रतिशत बढाएर २३ करोड १७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १८ करोड २४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर २.८४ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १.४५ प्रतिशतमा सीमित थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११०.९७ रुपैयाँ रहेको छ। पीई रेसियो ३३.१६ गुणा रहेको संस्थाको प्रतिसेयर खुद किताबी मूल्य २५७.१३ रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार