free website hit counter

६० वर्षभन्दा माथिका १६,०३१ कोरोना संक्रमित (कुन प्रदेशमा कति ?)

beemaadmin
२०७७ कार्तिक २४, सोमबार

काठमाडौं । बलिया बांगालाई कोरोना लागे सजिलै पचाउलान् तर ६० काटेका र केही न केही रोगले समातेका मानिसलाई कोरोना पार गराउन गाह्रो छ । नेपालमा ६० वर्षभन्दा माथिका १६ हजारभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ लाख ९४ हजार ४ सय ५३ जना संक्रमितमध्ये १६ हजार ३१ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा ६ हजार ३ सय १० महिला र ९ हजार ७ सय २१ पुरुष रहेका छन्।
६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका ९ हजार ५ सय ५१ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ४ हजार ६ सय १७ र ८० वर्षभन्दा माथिका १ हजार ८ सय ६३ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ। मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा १० हजार १ सय ३९ जना रहेका छन्। त्यस्तै प्रदेश १ मा २ हजार १ सय ८३, प्रदेश २ मा १ हजार ६२, लुम्बिनी प्रदेशमा १ हजार ३ सय ३९, गण्डकी प्रदेशमा ८ सय ५, सुदूरपश्चिममा ३ सय १७ र कर्णाली प्रदेशमा १ सय ८६ जना वृद्धवृद्धा संक्रमित भएका छन्।

कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित
प्रदेश १
६१–७० वर्ष  : ४७३ महिला र ८२९ पुरुष
७१–८० वर्ष : २४८ महिला र ३६५ पुरुष
८० वर्ष माथिका : ११० महिला १५८ पुरुष

प्रदेश २
६१–७० वर्ष : २०८ महिला र ५१७ पुरुष
७१–८० वर्ष : ८० महिला र २०२ पुरुष।
८० वर्ष माथिका : १६ महिला ३९ पुरुष

बागमती प्रदेश
६१–७० वर्ष : २३१० महिला र ३५४७ पुरुष
७१–८० वर्ष : १३०४ महिला र १६९१ पुरुष
८० वर्ष माथिका : ५७० महिला ७१७ पुरुष

गण्डकी प्रदेश
६१–७० वर्ष : १६८ महिला र ३२१ पुरुष
७१–८० वर्ष : ९१ महिला र १३३ पुरुष
८० वर्ष माथिका : ३१ महिला ६१ पुरुष

लुम्बिनी प्रदेश
६१–७० वर्ष : ३१९ महिला र ५१२ पुरुष
७१–८० वर्ष : १४९ महिला र २३८ पुरुष
८० वर्ष माथिका : ४३ महिला ७८ पुरुष

कर्णाली प्रदेश
६१–७० वर्ष : ४७ महिला र ७८ पुरुष
७१–८० वर्ष : १७ महिला र २४ पुरुष
८० वर्ष माथिका : १३ महिला ७ पुरुष

सुदूरपश्चिम प्रदेश
६१–७० वर्ष : ७६ महिला र १४६ पुरुष
७१–८० वर्ष : २७ महिला र ४८ पुरुष
८० वर्ष माथिका : १० महिला १० पुरुष

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार