free website hit counter

६० वर्ष काटेका १४,२३५ जना बा–आमा कोरोनासँग लड्दैछन्

beemaadmin
२०७७ कार्तिक १९, बुधबार

काठमाडौं । युवा उमेरका मानिसलाई कोरोना संक्रमण भइहाले पनि छिटै कोरोनालाई पराजित गर्न सक्छन् तर ६० कटेका मानिसमा केही न केही रोग हुने भएकै कारण त्यसमाथि माथिका मानिसलाई संक्रमण हुनु थप जोखिमपूर्ण मानिन्छ । नेपालमा ६० वर्षभन्दा बढी उमेरका १४ हजार २ सयभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर १ लाख ३२ हजार २ सय ४६ जना संक्रमितमध्ये ९ हजार ५ सय ४३ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमित हुनेमा ३ हजार ७ सय ३ महिला र ५ हजार ८ सय ४० पुरुष रहेका छन्।
६१ वर्षदेखि ७० वर्ष उमेर समुहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका ८ हजार ५ सय ५९ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ४ हजार ६४ र ८० वर्षभन्दा माथिका १ हजार ६ सय १२ जना वृद्धवृद्धा संक्रमित भएको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ९ हजार १७ जना वृद्धवृद्धा संक्रमित छन्। त्यस्तै प्रदेश १ मा १ हजार ९ सय ११, प्रदेश २ मा १ हजार १४, लुम्बिनी प्रदेशमा १ हजार १ सय ७५, गण्डकी प्रदेशमा ६ सय ४४, सुदूरपश्चिममा २ सय ९२ र कर्णाली प्रदेशमा १ सय ८२ जना वृद्धवृद्धा संक्रमित भएका छन्।

कुन प्रदेशमा कति

प्रदेश १
६१–७० वर्ष : ४२३ महिला र ७३१ पुरुष
७१–८० वर्ष : २१४ महिला र ३०७ पुरुष
८० वर्ष माथिका : ९६ महिला १४० पुरुष

प्रदेश २
६१–७० वर्ष : १९९ महिला र ४९६ पुरुष
७१–८० वर्ष : ७८ महिला र १९० पुरुष
८० वर्ष माथिका : १५ महिला ३६ पुरुष

बागमती प्रदेश
६१–७० वर्ष : २०५० महिला र ३१८९ पुरुष
७१–८० वर्ष : ११४३ महिला र १५१३ पुरुष
८० वर्ष माथिका : ४९१ महिला ६६१ पुरुष

गण्डकी प्रदेश
६१–७० वर्ष : १३५ महिला र २६५ पुरुष
७१–८० वर्ष : ७२ महिला र ९९ पुरुष
८० वर्ष माथिका : २४ महिला ४९ पुरुष

लुम्बिनी प्रदेश
६१–७० वर्ष : २७९ महिला र ४५७ पुरुष
७१–८० वर्ष : १३५ महिला र २०५ पुरुष
८० वर्ष माथिका : ३५ महिला ६४ पुरुष

कर्णाली प्रदेश
६१–७० वर्ष : ४६ महिला र ७८ पुरुष
७१–८० वर्ष : १७ महिला र २२ पुरुष
८० वर्ष माथिका वर्ष : १३ महिला ६ पुरुष

सुदूरपश्चिम प्रदेश
६१–७० वर्ष : ७४ महिला र १३७ पुरुष
७१–८० वर्ष : २६ महिला र ४३ पुरुष
८० वर्ष माथिका : ७ महिला ५ पुरुष

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार