free website hit counter

६४ प्रतिशतले घट्यो नेरुडेको नाफा

beemaadmin
२०७९ कार्तिक २७, आईतवार

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४।१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई १ करोड ६९ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। पहिलो त्रैमासमा संस्थाले १० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १७ करोड १९ लाख रुपैयाँमा थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३६.५ प्रतिशतले ओरालो लागेको छ। चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १५।२३ प्रतिशतले बढेर ८१ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७१ करोड ५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा संस्थाले ५ अर्ब २४ करोड रुपैयाँ सापटी लिई १० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ४.९३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ४.६८ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस ११.३७ रुपैयाँ, पीई रेसियो ७४.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३६.४६ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार