free website hit counter

७४ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

beemaadmin
२०७८ कार्तिक ९, मंगलवार

काठमाडौं । सहज र सुगममा बीमा व्यवसायको चर्को प्रतिस्पर्धा भए पनि दूरदराजमा बीमा व्यवसाय विस्तार हुन नसक्दा अझै ७४ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् ।

चालू आर्थिक वर्ष २०७८–०७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । वैदेशिक रोजगार बीमालेख संख्या ३४, कुल जीवन बीमालेख १४ प्रतिशतले बढेको समितिले जनाएको छ । यस्तै, कुल निर्जीवन बीमालेख ०.१९ प्रतिशतले बढेको छ । जीवन बीमाशूल्क संकलन १८ प्रतिशत र निर्जीवन बीमाशूल्क २७ प्रतिशतले बढेको समितिले बताएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार