काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बुधबार एक बजेका लागि आकस्मिक बैठक बोलाइएको थाहा भएको छ । बुधबार एक बजे नै पार्टी सचिवालय बैठक तय भएको छ। एकाएक प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।
यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति भेट भएको थियो।