free website hit counter

अचाक्ली बढ्दै सुन

beemaadmin
२०८० फाल्गुन २४, बिहीबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात प्रतिऔंस २२.६३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १५१.०१ डलर कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि १.५७ प्रतिशत अर्थात ०.३७ डलरले बढेर प्रतिऔंस २४.०९ डलर कायम भएको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार