free website hit counter

अचानक सचिव फेरिए, घिमिरेको अवकाश

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको तीन महिना नबित्दै सचिव यादव कोइराला सरुवामा परेका छन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । उनको स्थानमा प्रधानमन्त्ती तथा मन्त्रीपरिषद्का सचिव लक्ष्मण अर्याललाई सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरेले अवकाश पाएका छन् । आजकै मितिबाट लागू हुने गरी उनले उमेरहदका कारण अवकाश पाएका हुन् । घिमिरेको बिहीबारै बिदाई गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा श्रम तथा रोजगार र शिक्षा मन्त्रालयमा सचिव रिक्त भएको लामै समय बितिसक्दा पनि सरकारले सचिव नियुक्त गर्न सकेको छैन ।

सम्बन्धित समाचार