free website hit counter

अझै आएन कृषि तथा पशु बीमाको अनुदान रकम

beemaadmin
२०७७ असार १६, मंगलवार

काठमाडौं । कृषिलाई जोखिमरहित बनाई यस पेशाप्रति आकर्षण बढाउन सरकारले थालेको कृषि बीमाको अनुदान रकम बीमा कम्पनीहरुले पाएका छैनन् ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा कृषि बीमा शुल्कमा सरकारले दिएको अनुदान बापतको रकम अझै पाउन सकेका छैनन् । बीमा समितिका अनुसार गत आर्थिक बर्षको सबै बीमा शुल्क भुक्तानी भइसकेको छ भने चालु आर्थिक वर्षको भुक्तानी शून्य छ । बाली बीमाको शुल्कको अनुदान रकम कृषि सेवा विभागले भर्खरै पठाएकोे भएपनि पशुसेवा विभागले पशु बीमा शुल्कमा दिएको अनुदान रकम अझै उपलब्ध गराएको छैन । बीमा समितिका अनुसार पशुबीमा र बाली बीमा दुवैको अनुदान रकम प्राप्त भएपछि कृषि तथा पशु बीमाको रकम भुक्तानीको लागि गठित बोर्ड बैठक बसेर वितरण गरिनेछ । यसै साता नभ्याए अर्को सातासम्ममा रकम भुक्तानी हुने बीमा समितिको भनाई छ । सरकारले आर्थिक वर्षको अन्त्यमा अनुदान बापतको बीमा शुल्क भुक्तानी गर्ने परिपाटीका कारण बीमा कम्पनीहरुले रकम पाउन ढिलाई भएको हो । असार मसान्तभित्रैमा मंसिरसम्म गरिएको बीमाको अनुदान बापतको रकम वितरण गर्ने तयारीमा बीमा समिति छ ।

सम्बन्धित समाचार