free website hit counter

अण्डरराइडिङलाई कडाई गर्न बीमा समितिको निर्देशन

beemaadmin
२०७९ श्रावण २१, शनिबार

काठमाडौं । जोखिमांकन (अण्डरराइटिङ) मा देखिएको समस्या सम्बन्धमा बीमा समिति र बीमा कम्पनीबीच छलफल सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई अण्डरराइटिङमा देखिएको समस्या समाधानका लागी लिखित सुझाव सहित उपस्थित हुन गत साता नै मौखिक निर्देशन दिएका थिए । साढे दुई करोड रुपैयाँ जीवन बीमा दाबीको मुद्दामा कोहलपुरका सुकुम्बासी २१ वर्षिय यूवक सर्जन विकको हत्या भएपछि अण्डरराइटिङमा कमजोरी भएको प्रारम्भिक निष्कर्षसहित बीमा समितिले आवश्यक सतर्कताको लागि बीमा कम्पनीहरुलाई थप कडाईका साथ अण्डरराइटिङको मूल्य मान्यता र अभ्यासहरुको पालना गर्न निर्देशन जारी गर्दैछ । सर्जन बिकको बीमा प्रस्ताव स्वीकार्दा उनको नागरिकता, आम्दानीको श्रोत खुल्ने कागजलगायतका प्रमाणहरु प्राप्त भएपनि विवाह दर्ताको कागज बीमालेख जारी भएपछिको मितिमा जारी गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ । बिमित सर्जन बिक सुकुम्बासी र बालुवा डिप्पोमा काम गर्ने मजदूर भएकाले उनको आर्थिक हैसियत ठीक भए नभएको र एक करोड ५० लाख रुपैयाँ बीमांकको बीमा गर्न योग्य भए नभएको सम्बन्धमा बीमा कम्पनीको स्थानीय कर्मचारीले स्थलगत जानकारी लिन चुकेको देखिएको छ ।

सम्बन्धित समाचार