free website hit counter

अनलाइन कक्षा संचालनका लागि कुमारीको सहयोग

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं । कोरोना कहरका कारण शिक्षण संस्था प्रभावित भएका छन् । ठूला र सुविधासम्पन्न स्कुलहरुले वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत अनलाइन कक्षा सञ्चालन गरेका छन् भने यो सुविधा नभएका स्कुलहरुले शैक्षिक सत्रलाई अघि बढाउन सकिरहेका छैनन् ।

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ ।

यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै केही थान कम्प्युटर र ल्यापटप अनलाइन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरे ।

यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पु¥याउनु रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार