काठमाडौं । एक महिना लामो रस्साकस्सीसँगै संसदलाई बन्दि बनाउँदै पूर्व माओवादीले युद्ध जितेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले सभामुख बारे निर्णय गरेका छन् । सभामुखमा चयन गरिएको नाम आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन हुने बताइएको छ । आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय भएको बताइएको छ । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई बोक्दा एक महिनादेखि दुई अध्यक्षबीचको सम्बन्धमा समेत चिसोपाना आएको थियो ।